९४५ वटा सवारी जाँच गर्दा ५१५ वटा प्रदुषण मापदण्ड विपरित, के हुन्छ कारबाही ?
काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४...
यस वर्षको लागि पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको लागि आवश्यक पर्ने रासायनिक मल र उन्नत बीउ समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको ब्रिफिङपछि सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले खेतीको समयमा मलखादको...
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार...
नेपालमा लघुवित्तको भविष्य: प्रविधिमैत्री मोडेलको आवश्यकता
नेपालमा लघुवित्त कार्यक्रमहरूले गरिबी न्यूनीकरण र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। तर, समयको परिवर्तनसँगै यी कार्यक्रमहरूमा पनि सुधारको खाँचो छ। विशेषगरी, प्रविधिको विकास र वित्तीय सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै यी कार्यक्रमहरूलाई थप प्रभावकारी र समावेशी बनाउनु आवश्यक...
पशुपति क्षेत्रको जग्गामा बालुवाखानी सञ्चालनमा भ्रष्टाचारः एमाले नेतासहित ९ जना दोषी ठहर
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता निर्मल कुइँकेलसहित नौ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको निर्णय उल्टाउँदै न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको...
उचालियो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
चाबहिलको सत्यसाई एसएस विद्यालयको बिद्यार्थी चढेको बस, साँखुमा दुर्घटनाग्रस्त, तीन जना विद्यार्थीको निधन
Update: भर्खरै प्राप्त विवरण अनुसार साँखुमा भएको विद्यालय बस दुर्घटनामा तीन जना विद्यार्थीको निधन भएको छ । घटनामा ४० जना घाइते छन् । घाइते मध्ये ३ जनाको साखुमा उपचार भइरहेको छ भने बाँकीको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको...
यस्ता छन् मन्त्री परिषद् बैठकका १३ निर्णय
काठमाडौँ । सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गरेको हो । त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स...
मेलम्चीको पाइप फुटेर निस्किएको पानीले बस्ती डुबायो
काठमाडौँ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बस्ती जलमग्न भएको छ। वन परिसर पछाडि रहेको बस्तीका घरहरूमा पानी पसेको छ भने डुबानका कारण पसलहरूमा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दालाई उद्धार गर्न सेनासहितका सुरक्षाकर्मीहरू खटिएका छन्। पानीको...
मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न
काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्र आज मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । काठमाडौँ जिल्ला अदालत नजिकै रहेको मुख्य पाइप फुट्दा बन परिसर, विशेष अदालत र काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । सो पाइप...
९ अर्ब युआनको लगानीसहित एक्स्पेङको ठूलो फड्को, स्मार्ट ईभी क्षेत्रमा अग्रणी बन्ने योजना
काठमाडौँ । चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता एक्स्पेङ मोटर्सले अनुसन्धान र विकास (आर एन्ड डी) मा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना घोषणा गर्दै स्मार्ट ईभी क्षेत्रमा आफ्नो नेतृत्वलाई थप मजबुत बनाउने योजना अघि सारेको छ ।...
सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौं । सिमेन्टको मूल्यमा भएको अस्वाभाविक वृद्धिलाई नियन्त्रण गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उद्योगहरूको मनोमानी तथा कालोबजारीविरुद्ध कानुनी कदम चाल्दै उनले सिमेन्टको कृत्रिम अभाव र...
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका...
सुन मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार...
अझै टेरेनन् उद्योगीहरूले कुलमानलाई, फेरी लाइन काटिने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न आनाकानी गर्ने उद्योगीहरूविरुद्ध पुनः लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई बारम्बार सम्झाउँदा र विभिन्न दबाबमूलक उपायहरू अपनाउँदा समेत बक्यौता नउठेपछि अन्तिम विकल्पको रूपमा लाइन काट्ने प्रक्रिया अघि...
नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गत वर्षको...
पोर्चुगल र जापान पठाउने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ निवासी, हाल काठमाडौं महानगरपालिका–१४ बसोबास गर्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ निवासी,...
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा...
राजस्व र भन्सार विभागका प्रमुखलाई हटाईयो
काठमाडौँ । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आचार्यलाई राजस्वबाट हटाएर सामान्य प्रशासन मन्त्रालय र पुडासैनीलाई भन्सारबाट हटाएर राष्ट्रिय योजना आयोगमा सुरुवा गर्ने निर्णय गरेको...
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव...


















