पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धिदर, वित्तीय र बीमा क्षेत्रको योगदान ५.७ प्रतिशत
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.४ प्रतिशतको आर्थिक वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो ।...
बिशेष अदालतद्वारा सुर्य सिलवालको मुद्दामा साक्षी बुझ्न आदेश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गरी विशेष अदालतमा मुद्दा दर्ता गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको मुद्दामाथि आज बिशेष अदालतमा पेशी तोकेर सुनुवाई भएको छ । बिशेष अदालतका न्यायाधीशद्वय राम बहादुर थापा र...
भैरहवा विमानस्थलको विजोक, बिहानदेखि एउटा पनि भएन उडान र अवतरण
काठमाडौँ। खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहानदेखि लागेको घना हुस्सुले सञ्चालनमा कठिनाई उत्पन्न भएको हो । खराब मौसमका कारण उडान र अवतरण हुन नसक्दा यात्रुहरू गन्तव्य स्थानमा...
सामाजिक सञ्जालमा झुक्याएर पैसा माग्ने ललितपुरको कल सेन्टरमा प्रहरीको छापा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाएर पैसा माग्ने लगायतका कानुनी बन्देज गरिएका...
वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौती र वित्तीय अस्थिरताको चपेटामा परेको छ। शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि...
आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा...
१८ निर्माण कम्पनी कालोसूचीमा पर्ने जोखिममा, ७ दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। यी कम्पनीहरूलाई आफ्नो पक्ष स्पष्ट गर्न ७ दिनको अन्तिम म्याद दिइएको छ। यसअघि कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र लिखित स्पष्टीकरण...
चीनमा भूकम्पमा परेर ३६ जनाको मृत्यु
काठमाडौँ । चीनको सिजाङ अटोनोमस रिजनस्थित डिंग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पका कारण हालसम्म ३६ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु डिंग्री काउन्टीमा रहेको र यसको तीव्रता ६।८ म्याग्निच्युड रहेको जनाइएको छ। चीनको समयअनुसार बिहान ९:०५ बजे गएको यो...
लगातार दोस्रो दिन पनि सुनको मूल्य स्थिर, प्रतितोला कति ?
काठमाडौँ । लगातार दोस्रो दिन समेत सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला...
चीनियाँ सीमाको भुकम्पः नेपाल भन्छ ७.०, चीन भन्छ ६.८ र अमेरिका भन्छ ७.१, यथार्थ के हो ?
काठमाडौं । आज विहान ६ः५० बजे नेपाली समय अनुसार पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रबाट ८९ किलो मिटर टाढा टिङ्ग्री (डिङ्ग्री) काउन्टीको कालोज्याङ भन्ने स्थानमा केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प गयो । उक्त भुकम्पको क्षति सम्बन्धी विवरण आउन बाँकी नै छ...
काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का, सयौं मानिसहरु सडकमा निस्किए
काठमाडौं । आज विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । विहान ६ः५१ बजे गएको भुकम्पपछि सयौं मानिसहरु घर बाहिर निस्किएका छन् । माथिल्लो तल्लामा रहेका मानिसहरु अत्तालिँदै बाहिर निस्किएका थिए । उत्तरी नेपालको सिन्धुपाल्चोक र तिब्बतको सीमा...
सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता
काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका...
देशैभरका सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ। यो निर्णय आजैदेखि लागू हुनेछ। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक र मालबाहक सवारी साधनका भाडामा वृद्धि गरिएको हो। ताजा भाडादरअनुसार यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
काठमाडौँ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा...
मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहि ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड विगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा। नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसमा १ करोड विगो दाबी गरिएको छ। आर्थिक वर्ष २०७९।८० मा...
ग्रेटर नेपालका नेता फणिन्द्र पक्राउ
काठमाडौं । ग्रेटर नेपाल अभियानका प्रमुख नेता फणिन्द्र नेपाललाई सोमबार काठमाडौंको सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालले भारतीय उपनिवेशी प्रवृत्तिका विरोधमा ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता गर्ने माग गर्दै आन्दोलन चलाई रहेका...
डल्फिन नेट कम्युनिकेसनको अनुमतिपत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ। डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो। प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार...
भद्रपुर उडेको बुद्द एयरको जहाज आकाशमै बिग्रियो, काठमाडौंमा आपतकालिन अवतरण
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका हुन्...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री...
सामना बैंकिङ् पुरस्कारबाट बीएन घर्ती पुरस्कृत
काठमाडौँ । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा. लि. ले प्रकाशन गरेको थियो । उनलाई उनले लेखेको पुस्तक...




















