नेपाल राष्ट्र बैंकको रिपोर्ट : महँगीदर १४ महिनायताकै उच्च,

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्ममा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ ।...


अर्थमन्त्रीले भने, ‘निर्माण व्यवसायीलाई २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा...


विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र...


कुलमानले बुझाए आफ्नो कार्यसम्पादन मूल्यांकन, ९८.९९ प्रतिशत अंक दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादनको मूल्याङ्कन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। उनले बिहीबार कार्यसम्पादनका मुख्य सूचकाङ्कसहितको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका हुन्। घिसिङलाई मन्त्रिपरिषद्ले २०७८...


प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ...


डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपोखरीमा उद्घाटन, नयाँ मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौँ। एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू...


व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार

काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो...


ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन

काठमाडौं । चर्चित ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन गरिएको छ । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार पशुपतिनाथ मन्दिरका मुलभट्टले पुस्तकको विमोचन गरेका हुन् । लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार...


अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने

काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन...


टीकापुर जग्गा हिनामिना प्रकरणः विशेष अदालतद्वारा ८७ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यो फैसला गरेको हो। टीकापुर नगर...


शुक्रबार पनि बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४...


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन

काठमाडौ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिको स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको...


एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

काठमाडौँ । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुनः परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे...


दश वर्षमा १५ हजार मेगावाट बिजुली बंगलादेश–भारतमा बेच्ने घोषणा

काठमाडौँ। सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट बिजुली छिमेकी देशहरू भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी योजना अघि सारेको छ। मन्त्रिपरिषदले पुस १६ गते स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार, सन् २०३५ सम्ममा भारत र बंगलादेशमा विद्युत...


अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान...


नागरिकका गुनासा सुन्न स्वास्थ्य मन्त्री पौडेलले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख...


त्रिभुवन विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६...


पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता

काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ। आर्थिक वर्ष २०८१।८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न विभागले करदाताहरूलाई अनुरोध गरेको हो। आयकर ऐन, २०५८ (संशोधनसहित)...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको...


बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृशोक

काठमाडौं । तत्कालिन युनाइटेड इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्ससहित थुप्रै बीमा कम्पनीहरुमा लामो समयसम्म काम गरेका कुशल बीमा प्रशासक रमेश कुमार भट्टराईलाई मातृ शोक परेको छ । भट्टराईकी ९३ बर्षिया आमा फाल्गुणी कुमारी भट्टराईको हिजो पुस २३ गते मंगलबार...