सुन तस्करीमा भरियालाई मात्र डाम्नेगरी मुद्दा दर्ता, फरार कलेज सञ्चालकलाई उन्मुक्ति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठूला सुन कारोबारीलाई छोपेर भरियालाई मात्र डाम्ने गरी डेढ अर्बको विगो दाबीसहित मुद्दा हालेको छ । एक महिनाअघि विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका गोरखा बारपाकका चन्द्र घले र घलेले पोलेका मीनबहादुर...


मेयर बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका ३ कर्मचारी निलम्बित

काठमाडौं । मुलुककै जेठो काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको महानगरका प्रशासन विभाग प्रमुख...


रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु, मर्नेको संख्या ९, तनहुँका ५ जना सम्पर्कविहिन

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै रुसी सेनामा भर्ती भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।...


क्यानडा, सिंगापुर पठाउने भन्दै १० करोड बढी ठगी गर्ने लामा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइई स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले दिएको जानकारी अनुसार ललितपुरको केन्जोसोम...


एमजीको विद्युतीय कारमा चार्ज जोडेकै ठाउँमा आगलागी, गाडी पूरै ध्वस्त

काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङ गर्दा गर्दै आगलागी भएको छ । आगलागीले गाडी जलेर ध्वस्त भएको छ । केही दिनअघि मात्रै भएको यो आगलागीको घटना गुपचुप राखिएकामा अहिले आएर सार्वजनिक भएको हो । घटना बुढानीलकण्ठ...


उर्जामन्त्री बस्नेतले डडेल्धुराका ऐरलाई नियुक्त गरे विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर रतनबहादुर ऐरलाई नियुक्त गरेका छन् । मन्त्री बस्नेतले डडेल्धुराका ऐरलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेका हुन् । डडेल्धुरा अमरगढी नगरपालिका-४ का ऐरलाई ४...


कुलमानले लाइन काटेपछि हिमाल आइरनले तिर्‍यो बक्यौता, जोडियो विजुली

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले ६० किस्तामा महशुल बुझाउन सक्ने छुट सुविधा दिएसँगै हिमाल आइरनले बक्यौता तिर्न सुरु गरेको हो ।...


डेडिकेटेड र ट्रंक लाइनको अर्बौँ बक्यौता नतिर्ने उद्योगलाई प्राधिकरणले दियो ६० किस्ते सुविधा

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनबाट विजुली उपभोग गरेका उद्योगलाई बक्यौता रकम तिर्नका लागि नेपाल विद्युत् प्राधिकरणले किस्ताको सुविधा दिने भएको छ । व्यवसायीहरुको सहजताका लागि भन्दै प्राधिकरणले बढीमा ६० किस्तासम्म तिर्न सक्ने सुविधा दिन लागेको हो । ऊर्जा,...


परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुल्ला विज्ञापन आह्वान (सूचनासहित)

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त खुलेको छ । योग्यता पुगेका नेपालीले आउँदो माघ २ गतेभित्र परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा सिंहदरबारमा गोप्य शिलबन्दी गरेर आवेदन दिन सक्ने बताएको छ ।...


आलु र प्याज खरिदको नक्कली कारोबार देखाई सम्पत्ति शुद्धीकरण गर्ने दुई जना दोषी ठहर

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दुई जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला...


सीके राउत र मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्तालाई गृहमन्त्री आफैं पुलिस क्लब पुगेर छुटाए

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं भृकुटीमण्डस्थित महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका अध्यक्ष सीके राउतसहित नेता कार्यकर्तालाई छुटाएका छन् । जनमत पार्टीले (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि त्यसमा सहभागि...


सर्वोच्चले उच्च अदालत पाटनसँग टोपबहादुर र टेकनारायणलाई थुनामा राख्नुको कारण माग्यो

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेशबारे कारण पेश गर्न उच्च अदालत, पाटनलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेशको...


‘साइबर आक्रमण’ले प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी वेबसाइट डाउन, कामकाज प्रवावित

काठमाडौं । प्रधानमन्त्री कार्यालयसहित सबै विभागीय मन्त्रालय तथा सरकारी निकायका वेबसाइटहरु डाउन भएपछि सरकारी कामकाज प्रभावित भएको छ । वेबसाइट डाउन भएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेश पासदेखि अधिकांश प्रशासनिक कामहरु प्रभावित भएका हुन् । आइतबारदेखि नै...


समाजवादीतिर सोझियो बालकुमारी घटनाको सुई, गृहमन्त्रीले यातायात मन्त्रीलाई लगाए दोष

काठमाडौं । कोरिया जानका लागि परीक्षा दिन पाउनु पर्ने माग राख्दा दुई जना ज्यान लिएको बालकुमारी घटनाको सुई सत्तामा रहेको समाजवादीतिर सोझिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको दोष आफ्नै क्याविनेट सहयात्री भौतिक...


सुधारको थालनी प्रधानमन्त्रीबाटै, मन्त्रिपरिषद बैठकको खाजा कटौती, वर्षको ६० लाख जोगिने

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनबाट मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्रीले बिहान सिंहदरबारमा डाकेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...


मन्त्रिपरिषद बैठक : बालकुमारी घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सहभागि हुन पाउनु पर्ने भन्दै ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका...


कोशी प्रदेश लोक सेवाले असारमा मागेको दरखास्तमा लिखित परीक्षाको तालिका प्रकाशित (सूचनासहित)

काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगले गएको असार ११ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षा कार्यक्रम प्रकाशित गरेको छ । आयोगले एक सूचना प्रकाशित गरी लिखित परीक्षाको कार्यक्रम सार्वजनिक गरेको हो । कोशी प्रदेश लोक सेवा आयोगले गएको...


सिद्धार्थ बैंकको गज्जबको सेवा : क्रेडिट कार्डमा मोज गर्ने एउटा, ऋण अर्कैको थाप्लोमा

काठमाडौं । बैंकको सिस्टम नचल्ने, सिस्टमका कारण प्रयोगकर्ताको कारोबार गडबड हुने र स्वयं बैंकका कर्मचारीबाटै निक्षेपकर्ताको रकम चोरी हुने घटना नौला होइनन् । प्रविधिको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरु थप स्मार्ट हुँदै गएका छन् । र, स्मार्ट कारोबारका...


उद्योग तत्काल सुचारू गर्ने वातावरण बनाओैं, फर्जी बिल फिर्ता हुनुपर्छः साहिल अग्रवाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकले तत्काल उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने र फर्जी बिल फिर्ता हुनुपर्ने माग राखेका छन् । आइबार पीडित उद्योगीहरुका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा स्टील व्यवसायी साहिल अग्रवालले उद्योग बन्द हुँदा...


फर्जी बिल तिर्दैनौँ, रगत बगाउन तयार छौंः पीडित उद्योगी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकहरुले बरु रगत बगाउन तयार रहेको तर फर्जी बिल नतिर्ने प्रतिक्रिया दिएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा पीडित भनिएका उद्योगीहरुले विद्युत प्राधिकरणलाई यस्तो जवाफ फर्काएका हुन् । प्राधिकरणले लाइन काटिदिएको...