चौमासिक समीक्षा : प्रधानमन्त्रीले देखिने गरी काम भएन भनेपछि मन्त्रीहरु उल्टै रिसाए
काठमाडौं । सरकारको चौमासिक समीक्षा बैठकमा क्याविनेट सदस्य एवं मन्त्रीहरुले प्रधानमन्त्रीसँग उल्टै नोकझोंक देखाएका छन् । प्रधानमन्त्री प्रचण्डले नतिजामुखी एवं परिणाममुखी काम हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि मन्त्रीहरु उल्टै झोंकिएका हुन् । समीक्षा बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा...
परराष्ट्रकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । गएको शुक्रबार लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्न एकल सिफारिस...
बालकृष्ण खाण ३० लाख धरौटीमा रिहा (आदेशसहित)
काठमाडौं । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता तथा बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। खाणलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई उच्च अदालत...
रुसी सेनामा भर्ती भएका ३० युवाको उद्धार गर्न परिवारले दिए निवेदन
काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरेर नेपाल फर्काउन परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न निवेदन दिएका हुन् । करिब डेढ महिनाको अवधिमा...
व्यावसायिक भवनहरुले पार्किङ शुल्क उठाउन पाउने, काठमाडौं महानगरको कानून सर्वोच्चद्वारा बदर
काठमाडौं । व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने भनी काठमाडौं महानगरपालिकाले बनाएको कानून सर्वोच्च अदालतले बदर गरिदिएको छ । सम्पत्तिको उपभोग गर्न पाउने हकमा अंकुश लगाउने अधिकार स्थानीय तहलाई नभएको भन्दै सर्वोच्चले महानगरको कानूनलाई बदर गरेको हो । बिहीबार...
एमाले नेताको एग्रो मनाङविरुद्ध दिपक मनाङेले दिए अख्तियारमा उजुरी, अवैध रुपमा जग्गा हडपेको आरोप
काठमाडौं । अवैध रुपमा जग्गा हडपेको भन्दै एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । अवैध रुपमा जग्गा हडपेर फार्म सञ्चालन गरेको,...
सामान्य अंकले बढ्यो नेप्से, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा उत्साह कायमै
काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन बुधबार नेप्से २.६० अंकले बढेर १९८८.०४...
१४ किलो सुन काण्डमा विमानस्थलको सरसफाइ सुपरभाइजर परिन पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सर्च अप्रेशन चलाउँदा समातिएको १४ किलो सुन काण्डमा सरसफाइ विभागकी सुपरभाइजर पक्राउ परेकी छन् । विमानस्थलको सरसफाइ विभागकी सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज...
महँगी करिव ३ प्रतिशत बिन्दुले घट्यो, ५.३८ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । सार्वजानिक विवरणअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ३८...
एक खर्ब ५४ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पहिलो चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको...
अर्थतन्त्र तंग्रिदै छ : मन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र तंग्रिदै गएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको बताए । उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार...
आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त
काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । यसअघिका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईपीओलगायत प्राविधिक पक्षमा अनुभवी जोशीलाई फोन पेको अध्यक्ष बनाइएको हो...
पूर्व गृहमन्त्री खाणविरुद्धको सुनुवाई न्यायाधीश कोइरालाको इजलासमा, के सर्वोच्च पुग्ला सुनुवाई ?
काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा उच्च अदालत पाटनका २...
कमिसनको चक्करले बागमतीका यातायात मन्त्रीलाई ठक्कर, सर्वोच्चले फेरि हेर्न भ्याएन रिट
काठमाडौं । उपत्यकाका तीन जिल्लाको यातायात व्यवस्थापन संघीय सरकार मातहत रहने गरी संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण गठन भएपछि त्यसविरुद्ध सर्वोच्च पुगेको बागमती प्रदेश सरकारका यातायात मन्त्रीलाई ठक्कर लागेको छ । शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणमा प्रमुख...
यात्रु बढेसँगै फेरि काठमाडौंबाट उडान गर्दै थाई एयरवेज, बैङ्ककमा साताको २० उडान
काठमाडौं । थाई एयरवेजले आउदो शनिबारदेखि बैङ्कक-काठमाडौं-बैङ्कक दैनिक दुई उडान गर्ने भएको छ । अब बैङ्ककमा सातामा २० उडान हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थाई एयरवेजले अब दिउँसो १ः३० र राति १२ः२५ मा...
इजरायलमा रोजगारी दिलाउने नाममा ठगी गर्ने गिरोह सक्रिय, युवाहरुलाई सचेत रहन विभागको आग्रह
काठमाडौं । द्वन्दग्रस्त मुलुक इजरायलमा रोजगारी दिलाइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै वैदेशिक रोजगार विभागले युवाहरुलाई सचेत रहन आग्रह गरेको छ । विभागले इजरायलमा कृषि श्रमिकको माग रहेको प्रलोभन देखाएर ठगी भएका गुनासाहरु आएकाले सचेत रहन आम...
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न
काठमाडौं । गभर्नेन्स ल्याबले नेशनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापुर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो। दायित्व...
आर्थिक मन्दीले १७७ उद्योग बन्द
काठमाडौं । आर्थिक मन्दीका कारण पर्सामा गएको आर्थिक वर्ष १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगको लगत कट्टा भएको छ । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत...
विज्ञापन व्यवसायी शाक्य प्रतिष्ठित इसीआई अवार्डबाट सम्मानित
काठमाडौं । विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ द्वारा सम्मानित भएका छन् । अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको हो । कार्यक्रममा...
काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने, यातायात प्रणाली सुधार पहिलो प्राथमिकता
काठमाडौं । बालेन साहले नेतृत्व गरिरहेको काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९औँ महानगर दिवस २०८०का अवसरमा बुधबार महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महानगरले योजना...



















