सहकारी संस्थाहरुको प्रभु मेनेजमेन्टसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा दरखास्त दिन ब्यूरोको आग्रह
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारी संस्थाको प्रभु मेनेजमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गर्दै कारोबारको सक्कल प्रमाण तथा कागजातसहित केन्द्रीय ब्यूरोमा...
यी हुन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमज्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको...
कुमारी बैंकका कर्मचारी र ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा १०० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रालिमा स्वास्थ्य सेवा लिँदा १०० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन उक्त क्लिनिकसँग विशेष छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार सो बैंकका...
भ्रष्टाचारी होइनन् आज मन्त्री बनेकी श्रद्धा श्रेष्ठ
काठमाडौँ । २०७१ सालको चर्चित भ्रष्टाचार काण्ड हुँदा नेपाल पर्यटन बोर्डमा कार्यरत थिइन् आज मन्त्री बनेकी श्रद्धा श्रेष्ठ । श्रेष्ठले मन्त्री पदको शपथ लिए लगत्तै नेपाल पर्यटन बोर्डको भ्रष्टचार काण्डसँग जोडेर समाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ । तर,...
जेन–जी सरकारका नवनियुक्त ४ मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वको सरकारका नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र...
माफियासँग मिलेर वनको जग्गा सेटिङ गर्ने वन सचिव मिश्रको सरुवा
काठमाडौँ । माफियासँग मिलेर वनको जग्गा बेच्न सेटिङ गर्ने वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको अन्ततः सरुवा गरिएको छ। एक रातमै करिब ७९.६१ हेक्टर (१५६४.८६ रोपनी) वन क्षेत्र निजी स्वार्थको पक्षमा बेच्ने निर्णयमा सक्रिय मिश्रको सरुवा...
काठमाडौँका खोला छेउमा अबदेखि घर बनाउन नपाइने, तोकियो २० देखि ४० मिटरसम्मको मापदण्ड
काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नदी तथा खोलानालाको संरक्षण, अतिक्रमण रोकथाम र प्रदूषण नियन्त्रणका सम्बन्धमा सर्वोच्च अदालतले एक वर्षअघिको आफ्नो ऐतिहासिक फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै उपत्यकाका सबै स्थानीय तह, सरकारी निकाय तथा सरोकारवालाले कडाइका साथ नयाँ मापदण्ड पालना गर्नुपर्ने...
चार नयाँ मन्त्री थप्ने प्रम कार्कीको निर्णय, आजै चार बजे शपथ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप गर्ने निर्णय गरेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजै अपरान्ह ४:०० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।...
फागुन २१ गतेको निर्वाचन नहुने लगभग निश्चित, अर्को मिति घोषणा कहिले ?
काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले आन्दोलनकारी जेनजी प्रतिनिधिहरुसँग गरेको सम्झौता अनुसार आगामी फागुन २१ गतेको निर्वाचन तत्कालका लागि टरेको देखिन आएको छ । सरकार र जेनजी नेताहरुका बीचमा यही मंसिर २४ गते भएको सम्झौता हिजो मंसिर...
सरकार र जेनजीबिचको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित
काठमाडौं। ‘जेनजी’ जनआन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्ने उद्देश्यसहित नेपाल सरकार र जेनजी पक्षबीच १० बुँदे विस्तृत सम्झौता सम्पन्न भएको छ। गत भदौ २३ र २४ गते भएका आन्दोलनपछि निरन्तर उठाइँदै आएका मागहरूलाई सम्बोधन गर्न सरकारले बुधबार उक्त सम्झौता गरेको...
सुनको मूल्यमा वृद्धि, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
युवा तथा बौद्धिक व्यक्तित्व जितेन्द्र शाही डोटी काँग्रेसबाट प्रत्यक्षमा सिफारिस
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता जितेन्द्र विक्रम शाही आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवार सिफारिस भएका छन् । शाही डोटी जिल्लाबाट प्रत्यक्ष तर्फ दोस्रो नम्बरमा सिफारिस भएका हुन् । नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका...
माघ १४ गतेदेखि ‘काठमाडौं महोत्सव २०८२’: स्थानीय उत्पादनदेखि स्टार्टअपसम्मको बृहत् व्यापारिक उत्सव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघले माघ १४ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव २०८२ (काठमाडौँ बिजनेस एक्स्पो २०२६)’ आयोजना गर्ने भएको छ। राजधानीलाई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा थप उचाइमा पुर्याउने उद्देश्यसहित संघले महोत्सवको तयारी तीव्र पारेको...
एनपीएल क्वालिफायरमा अचानक टिकट २ हजार पुगेपछि एनसेल र रेडबुल जोन खाली
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आयोजकले पूर्वसूचना बिना टिकट शुल्क बढाएपछि दर्शकहरू बीच तीव्र असन्तुष्टि देखिएको छ। साधारण जोनका टिकटलाई भीआईपी श्रेणीमा रूपान्तरण गरी मूल्य दोब्बर भन्दा बढी बनाइएपछि एनसेल जोन र रेडबुल जोन...
भिजिट भिसा काण्ड: सहसचिव भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तिर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै दुई कम्पनीलाई समेत विपक्षी बनाएको जनाएको छ।...
खजुरीको पफ गुणस्तरहिन रहेको स्वीकार
काठमाडौं । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहिन रहेको कम्पनीले स्वीकार गरेको छ । कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै उत्पादनको शिलशिलामा गल्ती भएको स्वीकार गरेको छ । कम्पनीले गुणस्तरहिन रहेका पफहरु बजारबाट फिर्ता लिसकेको जनाएको...
कञ्चनपुर बेलडाँडीमा भ्रष्टाचार: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा जोशीसहित...
भारतीय अटो बजारमा टाटाको दबदबा, टाटा नेक्सन र पञ्च सर्वाधिक बिक्री हुने सूचीमा
काठमाडौँ । भारतीय अटो बजारमा सवारी साधनको बिक्री निरन्तर उकालो लाग्दै गएको छ। सन् २०२४ को नोभेम्बरसँग तुलना गर्दा सन् २०२५ नोभेम्बरमा बिक्री १८.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष नोभेम्बरमा ३ लाख ५१ हजार ५९२ युनिट सवारी...
नयाँ बसपार्कमा यात्रु लुटपाट रोक्न प्रहरीको कडा अभियान, एकैदिन ४६ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रुहरुलाई जथाभावी झोला तानेर हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...



















