बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा
काठमाडौँ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जनाको नाम अन्तिम चरणमा पुगेको छ। कम्पनीले असार २४ गते दरखास्त आह्वान गरेपछि गठित छनौट समितिले चार जनाको आवेदन स्वीकृत गरेको हो। अब यीमध्ये एकजनालाई चार...
नेपाल उद्योग परिसंघद्वारा १९ समिति, परिषद् र मञ्च गठन
काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार...
नियमविपरीत वाई-फाई हटस्पट सञ्चालनमा अब कारबाही, प्राधिकरणको कडा चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत सञ्चालन भइरहेको वाई-फाई हटस्पट सेवा सम्बन्धमा कडाइ गर्ने भएको छ। आइतबार सूचना जारी गर्दै प्राधिकरणले वाई-फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधान विपरीत सेवा सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको...
चितवनको विद्युत अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो: प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएकोप्रति गम्भीर...
बुट मोडलमा तीन जलविद्युत आयोजना निर्माणका लागि सात कम्पनी सर्टलिस्ट
काठमाडौँ । विद्युत विकास विभागले बुट मोडलमा निर्माण गरिने तीन जलविद्युत आयोजना सञ्चालनको जिम्मा लिन इच्छुक कम्पनीहरूमध्ये सात कम्पनीलाई सर्टलिस्ट गरेको छ। विभागले यसअघि सार्वजनिक रूपमा आह्वान गरेको आशयपत्रका आधारमा प्राप्त आवेदनहरुको अध्ययनपछि कम्पनीहरूको सिफारिस सूची तयार पारेको हो।...
सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन
काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन...
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ। भ्रष्टाचारका विभिन्न चर्चित मुद्दामा संलग्न रहेको आरोप लगाउँदै राईविरुद्ध उजुरी आइतबार (साउन ११ गते) अख्तियारमै दर्ता गरिएको हो। आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले उजुरी...
एक वर्षमा कामको सिलसिलामा यूएई पुगेका ३१२ जना नेपालीको मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारहरूको मृत्यु संख्या डरलाग्दो रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै यूएईमा ३१२ जना नेपालीले ज्यान गुमाएका छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार औसतमा महिनामा २६...
आरआर स्ववियु कप-२०८२ भदौ २२ गतेदेखि हुँदै, विजेतालाई ३ लाखसहित ट्रफी
काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटिले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि...
कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमती
काठमाडौं । सीमा विवादमा झडप तनावग्रस्त बनेका कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमति भएको छ । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् । आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
राष्ट्रिय सभा र पाँच संसदीय समितिको बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ...
एक्सपोमा टोयोटा गाडी बुकिङ गर्दा मेगा छुट र प्लाटिनम कार्ड
काठमाडौं । नेपालमा टोयोटा सवारीसाधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ का अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी अगस्त ६ देखि १० तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा ‘टोयोटा मेगा अफर’...
‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत
काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको...
क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका ३७ वर्षीय रविन...
काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय, अवैध पार्किङ गरे ५ हजारसम्म जरिवाना
काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्दा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमार्फत महानगरपालिकाले यो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ...
मधेशको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन्। आज पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...
‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश: मूल्य ७३ लाख, एकपटक चार्जमा ४४० किमी रेन्ज
काठमाडौँ । बीवाइडीको नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौँमा एक विशेष समारोह आयोजना गर्दै उक्त गाडी सार्वजनिक गरेको हो। साइमेक्सले सिलायन सेभेनको बुकिङ असार २० गतेदेखि खुला...
चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमै प्रिमियम स्न्याक्स उत्पादन हुने
काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, मिठाईजस्ता परिकारहरू उत्पादन हुने छन् । दुवै कम्पनीले नेपालमै...
गुणस्तरीय काम नगरेका ८ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्। सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारी ठेक्काबाट प्रतिबन्ध लगाइएको हो। वीरगञ्जस्थित जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा तीन...




















