नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दाका प्रतिवादीलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौं । नलिन्चोक हेलिपोर्ट निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेश त्रुटिपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन वरिष्ठ अधिकृत तथा हाल उप–प्रबन्धक समृद्धि श्रेष्ठसहितका प्रतिवादीहरूले...
नागरिक लगानी कोष र काठमाडौं विश्व विद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले...
ससीला मोटर्स र ओम्नीबीच सहकार्यः दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने
काठमाडौं । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
काठमाडौं। खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात...
काठमाडौंमा भिषण पानी र हुरीबतास
काठमाडौं । काठमाडौं उपत्यकामा भिषण पानी पर्नुका साथै हुरीबतास चलिरहेको छ । सोमबार बेलुका ५ बजेदेखि पानी पर्न सुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा पानी पुर्नुका साथै हुरीबतास चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
इरानसँग युद्ध लड्न नसकेपछि राष्ट्रपति ट्रम्पको रुवाबासी, नेटोलाई दिए धम्की
एजेन्सीहरु । इरानसँगको युद्धमा मध्यपूर्वमा रहेका प्रतिरक्षा प्रणालीहरु ध्वस्त भएपछि तनावमा परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला रुवाबासी गर्न थालेका छन् । युद्धमा भोगेको अप्ठेरो उत्तर एटालान्टिक सन्धी संगठन (नेटो) समक्ष पोखेका छन् । राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुज...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य...
पञ्चकन्या प्लास्टिक र स्टिलको माग अस्वीकृत, नियमन आयोगको निर्णयपछि बक्यौता असुलीको बाटो खुल्यो
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत प्रयोग गरिएको विद्युत महसुलसम्बन्धी लामो समयदेखि चल्दै आएको विवादमा उद्योगी व्यवसायीलाई झट्का लागेको छ। विद्युत नियमन आयोगले उद्योगी व्यवसायीले दायर गरेको मागदाबी नपुग्ने निर्णय गर्दै बक्यौता महसुल तिर्नुपर्ने अवस्था स्पष्ट पारेको हो...
पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबको कारण निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको हो। निगमका अनुसार नयाँ मूल्य...
भ्रष्टाचार, बेरोजगारी र सामाजिक अन्यायविरुद्ध जेनजी आन्दोलन: अध्ययन प्रतिवेदन (पूर्णपाठसहित)
काठमाडौँ । अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले तयार पारेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनलाई...
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्ने गरी औपचारिक रूपमा ग्रहण गर्ने निर्णय...
राजस्व चुहावट प्रकरणमा ७० लाख घुस, पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट सम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। विभिन्न मन्त्रालयका समसामयिक विषय, प्रशासनिक निर्णय तथा नीतिगत प्रस्तावबारे...
श्रम संस्कृति पार्टीले समानुपातिकका चार सांसदको नाम सार्वजनिक
काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सांसदको नाम सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङले निर्वाचन आयोगमा दर्ता गरिएको नामावली सेयर गरेका हुन्। पार्टीले आदिवासी–जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी...
नयाँ सरकार बन्न १० दिनजति लाग्छ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनजति समय लाग्ने संकेत दिएको छ। पार्टीका प्रवक्ता मनिष झाले आइतबार (चैत १) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जानकारी दिएका हुन्। समानुपातिक सांसदहरूको सूची चयनका लागि आज रास्वपाको सचिवालयको...
सञ्चार उद्यमीको हत्यामा संलग्न राम विनोद यादव रास्वपाबाट सांसद जितेपछि…..
काठमाडौँ । पत्रकारको हत्यामा दोषि देखिएका राम विनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेको खुलासा भएको छ । जनकपुर टुडेका प्रकाशक तथा चर्चित पत्रकार अरुण सिंघानियाको हत्या प्रकरणमा संलग्न देखिएका राम विनोद यादव रास्वपाबाट सांसद बनेपछि बौद्धिक...
स्रोत नखुलेको १० लाख ६३ हजार सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रुपैयाँ सहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर काठमाडौं कपन बस्ने २७ वर्षीय दिपक श्रेष्ठ...
धरानमा ११ जुवाडे पक्राउ, दुई लाख नगद बरामद
काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८२५ रुपैयाँ...
लक्ष्यभन्दा करिब डेढ खर्ब कम राजस्व, फागुनसम्म ७ खर्ब ५१ अर्ब मात्रै उठ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिसम्म सरकारले राजस्व सङ्कलनमा लक्ष्यभन्दा उल्लेख्य कमी व्यहोरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो...
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ
काठमाडौँ । पश्चिम नेपालबाट सुरु भएको वर्षा प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। विभागका सूचना अधिकारी गोविन्द झा कायस्थका अनुसार...



















