इन्स्योरेन्स इन्स्टिच्यूटको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

३० चैत्र २०७७, सोमबार १३:५८

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको दोस्रो बार्षिक साधारणसभा आज राजधानीको काठमाडौंमा सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको कार्यालय भूपिसडक–१, नारायणचौर नक्साल, काठमाडौंको भिम प्लाजामा दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको सो संस्थाले जनाएको छ ।

इन्स्योरेन्स इन्स्टिच्यूटका अध्यक्ष राजु रमण पौडेलको अध्यक्षतामा प्रत्यक्ष उपस्थित भएर तथा डिजिटल प्लेटफर्म वेभिनार मार्फत साधारणसभा सम्पन्न भएको सो संस्थाले जनाएको छ ।

सभामा शिखर इन्स्योरन्सका सिईओ दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ विजय बहादुर शाह, मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकार्जी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका सिईओ प्रकाश विक्रम खत्री, नेपाल पुनर्बीमा कम्पनीका सिईओ शकंर रायमाझी तथा प्रभु इन्स्योरेन्सका सिईओ नारायण प्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो ।

ईन्स्योरेन्स इन्स्टिच्यूट नेपाल बीमा सम्बन्धी तालिम दिने एक मात्र संस्था हो । बीमा समिति तथा अन्य बीमा कम्पनीहरुको सामूहिक लगानीमा सञ्चालित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*