बीमा समितिले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्ने

३१ चैत्र २०७७, मंगलवार १९:०५

काठमाडौं । बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आगामी जेठ १ गते बीमा सम्बन्धी निबन्ध प्रतियोगिता हुने भएको छ । बीमा समितिले कक्षा ८ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराएर निबन्ध प्रतियोगिता गर्न लागेको हो ।

बीमा समितिको ५३ औं बार्षिकोत्सवको अवसरमा ‘बीमा र यसको महत्व’ बिषय निबन्ध प्रतियोगिता आयोजना गरिने आज प्रकाशित सूचनामा जनाइएको छ । सो प्रतियोगितामा नेपालभरका विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । १५०० शब्ददेखि २००० शब्द सम्मको निबन्धलाई प्रतियोगितामा समावेश गराइने बीमा समितिले जनाएको छ ।

उत्कृष्ट निबन्धलाई बीमा समितिबाट प्रकाशन हुने बीमा समाचार र विचार विशेषाङ्कमा प्रकाशित गर्नुका साथै पुरस्कारद्वारा सम्मान गरिने बीमा समितिद्वारा आज प्रकाशित सूचनामा जनाइएको छ । बीमा सम्बन्धी निबन्ध लेखनका लागि फोकल पर्सन नै तोकेर सम्पर्क गर्न भनिएको छ । सो सम्बन्धी जानकारी लिन चाहने विद्यार्थीहरुले उप निर्देशक निशा घिमिरे ९८४१–३७७३३३ र सहायक निर्देशक केदारनाथ भट्ट ९८४१–१५२७४७ लाई सम्पर्क गर्न भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*