कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

९ बैशाख २०७८, बिहीबार १७:१७

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुलाई निरन्तर रुपमा सेवा प्रवाह गर्न लिखित निर्देशन दिएको हो ।

बीमा समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न गर्दै निर्देशन जारी गरेको हो ।

बीमा समितिले बीमक कम्पनीहरुलाई दैनिक कार्यालय सञ्चालन गर्दा भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन, सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गर्न निर्देशन दिएको छ ।

त्यस्तै, बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम÷भचुर्अल माध्यमबाट संचालन गर्न निर्देशन दिइएको छ ।

बीमा समितिको ७ बुँदे निर्देशनमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरण उपाय अपनाउने, कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण शंका लागेमा तुरुन्त परिक्षण गरी संक्रमण देखिएको कर्मचारीलाई आइसोलेसन गर्ने र कन्ट्याक ट्रेसिङ गर्नुपर्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*