बीमा समितिद्धारा मुद्धती निक्षेपमा बोलकबोल

२८ बैशाख २०७८, मंगलवार १२:४२

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले बैशाख २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको मुनाफा/नोक्सान उल्लेख गरी शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने समितिले जनाएको छ।

त्यस्तै, बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*