९३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

२९ बैशाख २०७८, बुधबार १७:४३

काठमाडौं नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २ हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका ३ हजार २ सय ५० जना, ललितपुरका ४ सय ४८ जना र भक्तपुरका २ सय २६ जना रहेका छन् । यसरी बुधबार उपत्यकामा कुल तीन हजार ९२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण आज थप १६८ जनाको मृत्यु भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*