शिखर इन्स्योरेन्सको खुद नाफा बढ्यो, कुल बीमाशुल्क आम्दानी ३ अर्ब नजिक

३० बैशाख २०७८, बिहीबार १२:४७

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा आफनो खुद नाफा १० प्रतिशतले बढाएको छ । । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्रोत : कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा पोष्टले तयार पारेको रिर्पोट

त्यस्तै कम्पनीले समिक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ११ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ८ करोड २४ लाख रुपैयाँ पुराउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले व्यवस्थापन खर्च वापत ३४ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ। कम्पनीको व्यवस्थापन खर्च ८ दशमलव ५१ प्रतिशतले बढेको छ । साथै कम्पनीले लगानी कर्जा तथा अन्यबाट १३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ रकम संचित रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरी २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्ज सफल भएको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १४ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले १६ हजार ९१४ दाबीबापत १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ( वार्षिक) २७ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*