नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक, २२ प्रतिशतले नाफा घट्यो

३० बैशाख २०७८, बिहीबार १३:०८

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार टेलिकमको २२ प्रतिशतले नाफा घटेको छ ।

नेपाल दूरसञ्चार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ८९ करोड रुपयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा २२.१४ प्रतिशतले नै बढि हो ।

यस चालु आ.व.मा कम्पनीको आम्दानी केहि बढेको भए पनि खर्च बढ्दा कम्पनीको नाफामा असर परेको हो । यस अवधिमा कम्पनीले ग्राहकहरुमार्फत २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २६ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो जुन २.२९ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*