एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढ्यो, अधिंकाश सूचक उत्साहजनक

३० बैशाख २०७८, बिहीबार १३:४१

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ४ अर्ब ५९ करोडरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिूक बर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोडरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

स्रोत : कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा पोष्टले तयार पारेको रिर्पोट

समिक्षा अवधिमा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ३९ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ।गत बर्षको सोहि अवधिमा अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ नाफा खुद नाफा आार्जज गरेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार २६ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँमा पुगेको छ ।

त्यस्तै, कम्पनीले हालसम्म ३६ लाख ६ हजार ४६६ वटा बीमालेख जारी गरेर ४ अर्ब ६३ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।कम्पनीले ७ हजार ६८३ बीमा दावी वापत २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४४ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ।

कम्पनीले तेस्रो त्रैमासको अवधिमा व्यवस्थापन खर्च २२ प्रतिशतले बढेर ४८ करोड २९ लाख रुपैयाँ पुराएको छ। गत आर्थिक बर्षको यसै अवधिम कम्पनीको व्यवस्थापन खर्च ३९ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा अभिकर्ता कमिशन वापत ५६ करोड १३ लाख रुपैयाँ खर्चेको छ । गत आर्थिक बर्षको सोअि अवधिमा कम्पनीले ३४ करोड ९९ लाख रुपैयाँ खर्च गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीले अभिकर्ता कमीशन ३२ दशमलव ३३ प्रतिशतले बढाएको छ।
कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको भने जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ८४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*