सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको बैशाख २९ सम्पन्न संचालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि तेस्रो बार्षिक साधाराणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले कोरोना संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मको लागि स्थगीत भएको जनाएको छ।सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने भएको छ।त्यसैले वैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।