महालक्ष्मी विकास बैंकद्धारा आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

३० बैशाख २०७८, बिहीबार १४:३६

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकको भैरहवा शाखाले भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्ग उक्त सहयोग गरेको जनाएको छ । बैंकले आकस्मिक कक्षका लागि आवश्यक इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, स्यानिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

। कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिँदै आएका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले यी सामग्री उपलब्ध गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*