शेयर बिक्रीको रकम तत्कालै भुक्तानी दिन बोर्डको निर्देशन, साना लगानीकर्ताले ३ लाखसम्मको भुक्तानी एकैदिन पाउने

३० बैशाख २०७८, बिहीबार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षहरुका लागि ६ बुँदे निर्देशन दिएको छ ।बोर्डले बिहिबार एक सूचना जारी गर्दै स–साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बिक्रि गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई दिन निर्देशन दिएको छ । साथै, साना लगानीकर्तालाई एक दिनमा ३ लाख रुपैयाँसम्मको भुक्तानी दिन धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षहरुलाई आग्रह गरेको छ।

बोर्डले सिस्टक सर्पोट र सूचना प्रविधि सम्बन्धी कार्य घरबाटै संचालन गर्ने र सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन समेत आग्रह गरेको छ ।

लगानीकर्ताको गुनासो तथा समस्या समाधानको लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा गराउने व्यवस्था र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।

साथै, निषेज्ञाधा अवधिभर सरकारले जारी गरेको आदेश अनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*