नेप्से १० अंकले बढ्यो, बीमा समूहको कारोबार उच्च

३० बैशाख २०७८, बिहीबार १५:३३

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १० दशमलव १३ अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से बढेको हो । हिजो ० दशमलव ५६ अंकले मात्र बढेको थियो ।

आज २१८ कम्पनीले दुई करोड दुई करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर किनबेच गर्दा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ ।

आज चार समूह बाहेक अन्य समूहमा हरियाली छाएको छ । लाईफ इन्स्योरेन्स समूहको मूल्य परिसूचक सर्वाधिक ८५.१२ अंकले बढेको छ । त्यस लगत्तै विकास बैंक समूहको मूल्यपरिसूचक ७१.१९ अंक र वित्त समूहको मूल्यपरिसूचक ६०.२४ अंकले बढेको हो ।

त्यसबाहेकका अन्य कम्पनीहरुमा बैंकिङ समूहमा ३.२८ अंक, जलविद्युत् समूहमा ३.१२ अंक, निर्जीबन समूहमा ५.५२ अंक, अन्य समूहमा १३.२१ अंक, लघुवित्त समूहमा ५.३९ अंक र म्युचुअल फण्डमा ०.०९ अंक बढेर हरियाली कायम भएको हो ।

त्यस्तै आज ४ कम्पनीहरु भने राताम्य भएको छ । व्यापार समूहमा २३.८६ अंक, होटल तथा पर्यटन समूहमा १९.३५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १८.१३ अंक र लगानी समूहमा ०.४ अंकले गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*