यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

३० बैशाख २०७८, बिहीबार १६:३०

काठमाडौं। नेप्सेमा सूचीकृत १२ वटा कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ। समता घरेलु लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशत बढेको छ।
त्यस्तै, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स र युनियन हाइड्रोपावरको सेयरमूल्यमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सेन्ट्रल फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो दिन रिडी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ। राष्ट्रिय बीमा कम्पनीको शेयर १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् भने छयाङदी हाईड्रोपावरका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*