आज एकै दिन कोरोनाबाट २१४ जनाको मृत्यु

३० बैशाख २०७८, बिहीबार १७:५५

काठमाडौं । नियन्त्रण बाहिर जाँदै गरेको कोरोना भाइरसबाट आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राजधानी काठमाडौंसहित देशैभरिमा सो संख्यामा मृत्यु भएको हो ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । सामाजिक सञ्जालमा कोरोना भाइरसबाट मृतकप्रति श्रद्धान्जलीले भरिएका छन् । औपचारिक रुपमा आज २१४ जना मात्रै मृत्यु भएको भनिए पनि त्यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । कैयौं मानिसहरुको कोरोना परिक्षण नै हुन नसकेको अवस्थामा प्रमाणित नभएका थप व्यक्तिहरुको मृत्यु अनुमान विशेषज्ञहरुको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*