सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्झौता

३० बैशाख २०७८, बिहीबार १७:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र क्लीनिक वन काठमाण्डौ प्रा.लि बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्बन्धी साझेदारी भएको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले उक्त सम्र्झौता गरिएको कम्पनीले जनाएको छ । उक्त सम्झौता अनुसार यस कम्पनीसंग सम्वन्ध व्यक्तिहरुले उक्त क्लीनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरीएको छ ।

.कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीचसेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय,  टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाईन फोन नं.को व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तरगन अनलाइन मार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम संचालन गरेको छ । यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विधुतिय माध्यमहरु मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*