चन्द्रागिरी नगरपालिका भोलिदेखि एक साताका लागि सिल

३१ बैशाख २०७८, शुक्रबार १२:०६

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि चन्द्रागिरी नगरपालिकाले जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ७ गते बिहान ५ बजेसम्म एक हप्ताका लागि शिलबन्दी गर्ने भएको छ ।

कोभिड–१९ को महामारी संक्रमण, रोकथाम र नियन्त्रणका लागि चन्द्रागिरी नगरपालिकाको सभाकक्षमा मिति २०७८/०१/२९ गते बसेको बैठकबाट जेठ १ गते लागू हुने गरी एक साताको लागि शीलबन्दी गर्ने निर्णय भएको हो ।
बैठकको निर्णयअनुसार औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, नगरपालिकाका वडा कार्यालय, सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरु र निजी सम्पूर्ण कार्यालयका सेवाहरुलाई बन्द गरि पूर्ण रुपमा नै चन्द्रागिरी नगरपालिका शिल हुने जनाइएको छ ।

खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित बस्तुको ढुवानीका साधनलाई भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन गर्न दिने नगरपालिकाले जनाएको छ । सिल अवधि सकिएपछि काठमाडौं जिल्ला प्रशासनबाट जारी भएको निषेधाज्ञा कार्यान्वय हुने चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बताएका हुन् ।

साथै नेपाल सरकारले जेठ २ गतेबाट संचालन गर्ने भनिएको भेरोेसेल खोपको दोस्रो डोज लगाउने कार्यमा पहिलो पटक खोप लगाएको खोप कार्ड भएको व्यक्ति मात्र खोप लगाउनका लागि तोकिएको केन्द्रसम्म आवतजावत गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*