नेपाल बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन पाईने

३१ बैशाख २०७८, शुक्रबार १२:३९

काठमाडौं । नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ ।बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी रहेको २१ लाख इकाई अन्यसंस्थालाई बिक्री गर्ने भएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक ब्याजदर ८.५०% तोकिएको छ । बैंकले ‘८.५०% नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*