हिजो पदमुक्त भएका सबै मन्त्रीहरु आज पुनर्बहाली, सितल निवासमा शपथ सकियो

३१ बैशाख २०७८, शुक्रबार १५:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहका बीचमा पद तथा गोपिनयताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो पदमुक्त भएका सबै मन्त्रीहरुलाई आजै पुनर्बहाली गरेका छन् । पुनर्बहाली भएका सबै मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा सबै मन्त्रीहरु पुनर्बहाली भई पुनः पदभार सम्हालेका छन् । सबै मन्त्रीहरुलाई तत् मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

साथै तीन जना राज्यमन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*