प्रुडेन्सियल रि–इन्स्योरेन्सको फाइल बीमा समितिमा दर्ता

३१ बैशाख २०७८, शुक्रबार २१:३५

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न प्रस्ताव आह्वान गरेपछि प्रुडेन्सियल रि इन्स्योरेन्सको फाइल आज बीमा समितिमा पुगेको छ । स्रोतका अनुसार बीमा समितिले आह्वान गरेको प्रस्ताव अनुसारको मापदण्ड पूरा गरी प्रुडेन्सियल रि–इन्स्योरेन्स दताको लागि बीमा समितिमा पुगेको हो ।

एनआरएनका पूर्व अध्यक्ष शेष घले, प्रचण्ड निकट व्यवसायी नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल तथा अन्य केही गैर आवासीय नेपालहरु र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको संयुक्त लगानीमा प्रुडेन्सियल रि इन्स्योरेन्स कम्पनी अघि बढाउन लागिएको हो । सो कम्पनीले आफ्नो प्रस्ताव आज बीमा समितिमा दर्ता गरेको छ ।

बीमा समितिले जारी गरेको २१ दिने सूचना अनुसार आगामी जेठ ५ गतेभित्रमा बीमा समितिमा प्रस्ताव दर्ता गर्ने कम्पनी मध्येबाट एउटा उत्कृष्ट कार्य योजना भएको कम्पनीले मात्रै अनुमति पाउनेछन् ।

यसअघि पाँच वटा पुनर्बीमा कम्पनीहरुले बीमा समितिबाट लाइसेन्स लिने प्रयत्न गरेका थिए । उपेन्द्र महतोको मुख्य लगानीमा अन्नपूर्णा रि इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ रमेश कुमार भट्टराईले संयोजन गरेको बिशेष टिमको लागानीमा अघि बढाइएको काठमाडौं रि इन्स्योरेन्स, बीमा समितिकै पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की नेतृत्वको जेन्युअन रि इन्स्योरेन्स लगायतका कम्पनीले बीमा समितिमा नयाँ कम्पनी दर्ताको लागि प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

बीमा समितिले एउटा मात्रै कम्पनी दर्ता गर्ने सूचना जारी गरेकोले उल्लेखित कम्पनीहरु मध्ये एउटा मात्रै कम्पनी दर्ता हुनेछ । स्मरणरहोस्, यसअघि चन्द्र ढकालको विशेष सेटिङमा थुप्रै बीमा कम्पनीहरु दर्ता भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*