नेप्सेले २८२० को ऐतिहासिक रेकर्ड चुम्न सफल, झण्डै साढे ११ अर्बको कारोबार

९ जेष्ठ २०७८, आईतवार १५:०६

काठमाडौं । कोरोना महामारीको निषेधाज्ञाका कारण लाखौं मानिसहरु घरभित्रै थुनिएको समयमा घरभित्रै बसेर कारोवार हुँदा शेयर बजारमा उछाल आएको छ । नेप्सेमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड कायम गर्दै २८२० को बिन्दु चुम्न सफल भएको छ ।

साताको पहिलो दिन आज साढे ११ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार अधिकांश सूचांकहरुमा हरियाली छाउँदै शेयर बजारमा उछाल आएको हो । मुलुकमा उत्पन्न गम्भिर राजनीतिक संकटका बीचमा पुँजि बजारमा भने उछाल आएको हो । सरकारले आगामी मंसिरको पहिलो साता निर्वाचनको मिति घोषणा गरेको सन्दर्भमा शेयरको मूल्य सूचांक ३२.८१ अंकले बढेर २८२०.०० को बिन्दु चुम्न सफल भएको छ ।

आइतबार कूल ११ अर्ब ३३ करोड ५४ लाख ८७ हजार रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । आइतबार निर्जिवन, होटल तथा लघुवित्तको सूचांक रातो देखिएको छ । अन्य सबै सूचांकहरु हरियाली छाउँदै पुँजि बजारमा उछाल आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*