अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्री ओलीको घोषणा

९ जेष्ठ २०७८, आईतवार १५:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते अध्यादेशमार्फत बजेट आउने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीउधनको रक्षा गर्ने कोरोना विरुद्धका र निर्वाचन लक्षित बजेट ल्याइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले जेठ १५ मा औपचारिक रुपमा बाचनमार्फत बजेट सार्वजनिक गरिने बताएका छन् । प्रम ओलीले राष्ट्रपति भण्डारीले अत्यादेशका रुपमा बजेटलाई अघि बढाउने जानकारी प्रम ओलीले पत्रकार सम्मेलनमार्फत दिएका छन् ।

बजेटबारे प्रम ओलीले भने, ‘दुरगामी महत्वका योजनाहरु राखेर बजेट आउनेछ । देशको अर्थतन्त्रप्रति गैर जिम्मेवार भएर होइन, जिम्मेवार भएर बजेट प्रस्तुत गर्छौ ।’

प्रम ओलीले युवाहरुलाई देशको आर्थिक विकास, सामाजिक विकासतर्फ ध्यान दिन र सत्तामा भाग नपाएका पूर्व प्रधानमन्त्रीहरुको हौसलामा नलाग्न आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*