एचआइडीसीएलाई हकप्रद निष्काशनको लागि बोर्डको अनुमति

९ जेष्ठ २०७८, आईतवार २०:०७

काठमाडौं । एचआइडीसीएलले १००% हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।कम्पनीलाई बोर्डले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले यसअघि हकप्रद निष्कासनका लागि आवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै बोर्डले पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पूर्ण विवरण पेश गरेसँगै बोर्डले हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*