नेशनल लाइफको ४१ हजार कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

१० जेष्ठ २०७८, सोमबार ०७:५१

काठमाडौं । एनआईसी एसिया बैंकले लिलाममा राखेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो । बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।

बैशाख २७ गतेदेखि लिलाममा राखिएको सो शेयरको मूल्य प्रतिकित्ता ४ सय ४९ रुपैयाँ तोकिएको छ । सो भन्दा बढि मूल्य कबोल गर्नेलाई बढाबढमा शेयर बाँडफाँड हुनेछ । सबैभन्दा बढि मूल्य कबोल गर्नेहरुको कटअफ मूल्य निर्धारण गरी सो भन्दा माथि हुनेले उक्त शेयर प्राप्त गर्नेछन् । समग्र बजारको मूल्याङ्कन र कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर उक्त शेयरमा मूल्य कबोल गरी प्रतिफल लिनेहरुका लागि आजै अन्तिम दिन रहेको छ ।

न्यूनतम १ सय कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*