कोरोनालाई जितेर घर फर्कनेको संख्या ह्वात्तै बढ्यो, दैनिक ८ हजार संक्रमित निको हुँदै

१० जेष्ठ २०७८, सोमबार ०८:२२

काठमाडौं । कोरोना महामारीको भयावह स्वरुपमा विस्तारै परिवर्तन आउन थालेको छ । अस्पतालहरुमा अक्सिजन र बेडको अभाव घट्दै गइरहेको छ भने कोरोना भाइरस जितेर घर फर्कनेहरु समेत दैनिक रुपमा बढिरहेका । पछिल्लो तीन दिनमा औषत आठ हजार भन्दा बढि संक्रमितहरु निको भएर घर फर्किरहेका छन् । त्यसैगरी, कोरोनाबाट दैनिक मृत्यु हुनेहरुको दर समेत घटेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार आइतबार मात्रै सात हजार ६४६ जना संक्रमितहरु निको भएर घर फर्केका छन् । यो संख्या शनिबार अझै बढि छ, सो दिन आठ हजार ८४८ जना संक्रमितहरु घर पर्केका छन् । त्यस्तै, गत शुक्रबार सात हजार ८९० जना संक्रमित घर फर्केन सफल भएका छन् । तीन दिनको औषत हेर्दा दैनिक आठ हजार १२४ जना संक्रमितहरु कोरोना महामारीलाई जितेर घर फर्कन सफल भएका छन् । पछिल्ला केहीदेखिको कहालीलाग्दो अत्तालिदो अवस्थाबाट विस्तारै तल झर्दै गइरहेको जनस्वास्थ्यकर्मीहरुको भनाई छ ।

पछिल्लो १० दिनमा झण्डै ७० हजार संक्रमितले कोरोना भाइरसलाई जित्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक २०० भन्दा बढिसम्म पुगेको मृत्युदर अहिले सो भन्दा तल झरेको छ । तीन दिनको तथ्याङ्कले केही घटेको देखाएको छ । शुक्रबार १७७ जनाको मृत्यु भएकोमा शनिबार १२९ जना र आइबार १९३ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार नेपालमा कूल पाँच लाख १३ हजार २४१ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा तीन लाख ९१ हजार ३४८ जना निको भएर घर फर्किसकेका छन् भने एक लाख १५ हजार ५४७ जनामा अझै कोरोनाको संक्रमण निको हुन बाँकी छ । कोरोनाबाट हालसम्म छ हजार ३४६ जनाको मृत्यु भइसकेको छ । सो मध्ये १४ जना बीमाकर्मीहरु–सञ्चालक, कर्मचारी र बीमा अभिकर्ता रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*