झिनो अंकले बढ्यो नेप्से, निर्जीवन समूहको कारोबार उच्च

१० जेष्ठ २०७८, सोमबार १५:४१

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले मात्र बढेको छ । आज नेप्से झिनो अंक ३ अंकले बढेर २८२३.०३ विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज नेप्से ह्वात्तै घटेको हो । आइतबार नेप्से ३२.८१ अंकले बढेर ऐतिहासिक रेकर्ड रचेको थियो ।

आज २१६ कम्पनिले दुई करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर किनबेच गर्दा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से समूहमा रहेका १३ उपसमूहमध्ये ५ समूह बाहेक अन्य सबै समूह राताम्य भएको छ । सबैभन्दा सर्वाधिक निर्जिवन समूह १९६.६४ अंकले बढेर उच्च कारोबार भएको छ । त्यसपछि जलविद्युत् समूहमा ५.२ अंक, बैकिङ समूहमा ४.०८ अंक, म्युचुअल फण्ड समूहमा ०.०९ अंक र लगानी समूहमा १.४१ अंकले बढेर हरियाली कायम भएको हो ।

त्यस्तै आज ८ ओटा समूह भने राताम्य भएको छ । व्यापार समूहमा ५७.६ अंकले गिरावट आएको छ । त्यस्तै, होटल तथा पर्यटन समूहमा १७ अंक, विकास बैंक समूहमा ३२.९, वित्त समूहमा ३६.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४७.८२ अंक, अन्य समूहमा ९.३१ अंक, लघुवित्त समूहमा ५.३१ अंक, जीवन बीमा समूहमा ५५.६१ अंकले गिरावट आएर राताम्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*