यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१० जेष्ठ २०७८, सोमबार १६:०३

काठमाडौं । सोमबार शेयर बजार ३.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.०६ को विन्दुमा पुगेको छ। कारोबार अवधिभर आज २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

आज ४ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, युनाइटेड इदी मर्दी, माउन्टेन इनर्जी र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी बैंक तथा वित्तीय संस्थाका सेयरमूल्यमा ४ प्रतिशत बढीले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*