एनएमबि बैंकले ल्यायो अनलाईनबाटै प्रिपेड डलर कार्ड लिन मिल्ने सुविधा

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा ल्याएको छ। बैंकले वर्तमान असामान्य परिस्थितिलार्य मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको हो ।
योसँगै, अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले आफनो आधिकारिक वेवसाईटमा पनि उक्त सुविधा बारे विस्तृत विवरण ल्याएको जनाएको छ। राखिएको जनाएको छ ।