शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

११ जेष्ठ २०७८, मंगलवार १२:३४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नप्से)मा सूचिकृत भएको छ ।

कम्पनीले लाभांश वापत वितरण गरेको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २७ .७६९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भई कारोबार भएको हो ।

बोनस शेयर सूचिकृत पछि कम्पनीको शेयर कारोबार आजैबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*