कोरोना भाइरसबाट नेपाली सेनाका जर्नेलको निधन
१३ जेष्ठ २०७८, बिहीबार १०:१९

काठमाडौं । कोरोना महामारीको प्रकोपमा परेर नेपाली सेनाका एक जना उच्च सैनिक अधिकारीको निधन भएको छ ।
नेपाली सेनाको १३ नम्वर बाहिनी लगनखेलमा कार्यरत बाहिनीपति ब्रिगेडियर जर्नेल (सहायक रथी) दिनेश कुमार केसीको निधन भएको हो । उनको आज विहान सैनिक अस्पताल छाउनीमा निधन भएको जनाइएको छ ।
नेपाली सेनामा ठूलो योगदान पुर्याएका केसी काठमाडौं, नयाँ सडकका स्थायी बासिन्दा हुन् । एक महिना अघि नै कोरोना लागेको उनलाई चार दिन अघि भेन्टिलेटमा राखेर उपचार गरिएकोमा आज विहान निधन भएको जनाइएको छ ।
कोरोनाबाट सुरक्षा क्षेत्रले इमान्दार, कर्तव्यनिष्ट कामाण्डरहरु गुमाउने क्रम जारी छ । यसअघि काठमाडौंमा दुई जना नेपाल प्रहरीका डिएसपीको कोरोनाकै कारण निधन भइसकेको छ ।