बजेटमा पशु तथा बाली बीमा शुल्क अनुदानबारे अन्योल, अर्थमन्त्रीको भाषण झूटो कि अनुदान घटाइयो ?

१६ जेष्ठ २०७८, आईतवार ०९:१८

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेखित पशु तथा बाली बीमा शुल्कमा दिइदै आएको अनुदानबारे अन्योलता उत्पन्न भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरु तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितमा राष्ट्रिय प्रशारणका माध्यममार्फत सार्वजनिक गरेको बजेट बक्तव्यको १०७ औं नम्वरको बुँदामा भनेका छन्, ‘पशु पंक्षी तथा बाली बीमाको प्रिमियम बापत ५० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिएको छु ।’

अर्थमन्त्रीको उल्लेखित वांक्याशले किसानहरु चिन्तित बन्न पुगेका छन् । यसअघि सरकारले दिँदै आएको ७५ प्रतिशत अनुदानको ठाउँमा ५० प्रतिशत भनेपछि अनुदान घटाइएको हो कि भन्ने आशंका उत्पन्न भएको छ । सरकारले २०७१ साल साउन १ गतेदेखि कृषि बीमा अन्तर्गत पशु पंक्षी तथा बाली बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । तर, यस वर्ष बजेटमा ५० प्रतिशत उल्लेख भएर आएकोले अन्योलता सिर्जना भएको हो ।


अर्थमन्त्रीले बजेट बक्तव्यको उक्त बुँदा हाल सरकारले कृषि बीमा शुल्क अनुदान अन्तर्गतको पशु तथा बाली बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । तर, अर्थमन्त्रीले बजेट बक्तव्यको क्रममा ५० प्रतिशत अनुदान दिने व्यवस्था भनेर तोकिएको छ । यसले दोहोरो अर्थ लगाएको छ । अनुदान प्रतिशत घटाएर ५० प्रतिशत मात्रै तोकिएको छ । अर्कोतर्फ ‘निरन्तरता दिएको’ भन्ने शब्दले अनुदान मात्रै कायमै राखिएको हो वा पूर्ववत ७५ प्रतिशत नै हो भन्ने अन्योल उत्पन्न भएको छ ।

कृषि बीमाको बीमा शुल्कमा दिइदै आएको अनुदान सम्बन्धमा अर्थमन्त्रीको बजेट भाषण झूठो हो वा अनुदान घटाइएको के हो ? भन्ने विषयमा स्पष्ट हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*