शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

१६ जेष्ठ २०७८, आईतवार ११:२९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा यो बोनस शेयर जम्मा गरेको हो । साथै अन्य लगानीकर्ताहरुको बोनस शेयर पनि हितग्राही खातामा नै जम्मा गरिने व्यवस्था भएकोले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न शेयर अभौतिकीकरण गराउनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको १५ औं र १६ औं वार्षिक साधारण सभाले २७.७६९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*