आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

१६ जेष्ठ २०७८, आईतवार ११:४८

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ४ सय ७७ रुपैयाँ तोकिएको छ । जसका कारण लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*