दुई वर्षभित्र देशैभरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट पुर्याउने सरकारको योजना

१६ जेष्ठ २०७८, आईतवार १२:५४

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा देशैभरीका सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेट पुर्याउने योजना बनाएको छ ।

आर्थिक २०७८/७९ को बजेट मार्फत् सरकारले गरेको घोषणाअनुसार आगामी आवको अन्त्यसम्ममा आधाभन्दा धेरै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको अन्त्यसम्ममा देशभरका ६० प्रतिशत सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराई विस्तार गर्ने बताएका हुन् । बाँकी ४० प्रतिशत विद्यालयमा भने आव २०७९/८० मा पूरा गर्ने योजना सरकारको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*