नेप्से १२ दशमलव ७४ अंकले बढ्यो, १७ अर्ब बढिको कारोबार

१६ जेष्ठ २०७८, आईतवार १५:३३

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेप्से १२ दशमलव ५४ अंकले बढेको छ । आज नेप्से सो अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ ।

आज सातोको पहिलो दिन २१९ कम्पनिले ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर किनबेच गर्दा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज सात समूहको कारोबार बढेको छ । सबैभन्दा उच्च कारोबार गर्ने समूहमध्ये विकास बैंक समूहको रहेको छ । उक्त समूहमा सर्वाधिक २५५.२५ अंकले बढेर कारोबार भएको हो ।

त्यसलगत्तै होटल तथा पर्यटन समूहमा १३५.४४ अंकले बढेर हरियाली छाएको हो । अन्य हरियाली हुने समूहहरुमा बैकिङ समूहमा १९.९४ अंक, वित्त समूहमा ८३.९१ अंक, निर्जीवन समूहमा ६४.१२ अंक, जीवन बीमा समूहमा ९६.०१ अंक, म्युचुअल फण्ड समूहमा ०.५५ अंकले बढेर हरियाली छाएको छ ।

त्यस्तै आज अन्य ६ समूह भने राताम्य भएका छन् । व्यापार समूहमा ३२.६७ अंक, जलविद्युत् सूमहमा ०.६६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५.३१ अंक, अन्य समूहमा ५४.६४ अंक, लघुवित्त समूहमा ७४.४ अंक र लगानी समूहमा ०.२७ अंकले गिरावट आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*