१० महिनामा १९ जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब एक खर्ब बीमा शुल्क

१६ जेष्ठ २०७८, आईतवार १६:१७

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० चालु आवको महिनामा झण्डै एक खर्ब रुपैयाँ जीवन बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क संकलन गरेका छन् । सो मध्ये ३४ अर्ब दुई करोड प्रथम बीमा शुल्क संकलन भएको छ ।

त्यस्तै नविकरण बीमा शुल्क ६४ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ । साथै बैदेशिक रोजगार म्यादी बीमा शुल्क ५३ करोड रुपैयाँ संकलन भएको छ ।

समितिका अनुसार १० महिनामा ७६ लाख ८५ हजार ५७७ वटा बीमा पोलिसी कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*