१० महिनाको समीक्षामा नेपाल लाइफ सबैभन्दा अगाडि, एलआईसी र नेशनल पछ्याउँदै, कसको बीमा शुल्क आम्दानी कति ? (तथ्याङ्कसहित)

१६ जेष्ठ २०७८, आईतवार १७:०६

काठमाडौं । बीमा समितिले आज प्रकाशन गरेको बैशाख मसान्तसम्मको १० महिने तथ्याङ्कको विश्लेषणमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ ।

चालु आवको १० महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीलाई पछ्याउँदै दोस्रो एलआईसी नेपालले १४ अर्ब २८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब २६ करोड कूल बीमा शुल्क सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले सात अर्ब १८ करोड र पाँचौ स्थानमा रहेको युनियन लाइफले पाँच अर्ब ४१ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै, एशियन लाइफ चार अर्ब ९० करोडको बीमा व्यवसाय गरेको छ भने मेट लाइफ चार अर्ब ३६ करोड, सूर्या लाइफ तीन अर्ब ४१ करोड, प्राइम लाइफले तीन अर्ब २७ करोड, गुराँस लाइफले तीन अर्ब १३ करोड, सिटिजन लाइफले दुई अर्ब ७१ करोड, ज्योति लाइफले दुई अर्ब ४३ करोड, रिलायबल नेपाल लाइफले दुई अर्ब ३९ करोड, रिलायन्स लाइफले दुई अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।

त्यस्तै, आईएमई लाइफले एक अर्ब ९८ करोड, सन नेपाल लाइफले एक अर्ब ८१ करोड, सानिमा लाइफले एक अर्ब ६२ करोड, प्रभु लाइफले एक अर्ब १८ करोड र महालक्ष्मी लाईफले ७२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।चालु आवको १० महिनामा कूल ९८ अर्ब ८९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*