बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०७८, आईतवार १८:१५

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, बजेटप्रति जवाफदेही छौं ।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गर्नुभयो । उनले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताए ।

अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पारेका छन् ।कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उहाँले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए ।अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने जानकारी दिए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताएका छन् । ।राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*