११ करोड कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हाइड्रो इलेक्ट्रिसिटीद्वारा बुक क्लोज गर्ने निर्णय

१७ जेष्ठ २०७८, सोमबार १०:५४

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको हकप्रद शेयर खरिदका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको हिजो साँझ बसेको २३४ औं सञ्चालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनको लागि यही जेठ २८ गतेदेखि पाँच दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीका अनुसार जेठ २७ गते भित्र नेप्सेमा शेयर खरिद गरिसकेका शेयर धनीहरुले मात्रै हकप्रदमा आवेदन दिन पाउने जनाएको छ । हाइड्रो इलेक्ट्रिसिटीले यही जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाइसकेको छ ।

कम्पनी शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले कूल ११ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*