राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने

१७ जेष्ठ २०७८, सोमबार ११:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । बैंकले ६ वर्ष अवधि भएको ‘आरबीबीएल डिबेन्चर २०८३’ जारी गर्न लागको हो । जसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकका अनुसार जेठ २५ देखि जेठ २८ गते आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर दिइने बैंकले जनाएको छ । जेठ २८ भित्रमा सबै ऋणपत्र बिक्री नभएमा असार ८ गतेसम्म बिक्री खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकका अनुसार लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*