नेको इन्स्योरेन्स २६ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड

१७ जेष्ठ २०७८, सोमबार १२:१५

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २६ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो एक वर्ष रजत जयन्तको रुपमा मनाएको कम्पनीले २६ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने जनाएको छ ।

कम्पनीले २६ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै समय सापेक्ष बीमा सेवा प्रवाहमा जोड दिएको छ । कोरोना महामारीको समयमा कम्पनीले सकेको सामाजिक उत्तरदायित्व बहन गर्दै जाने र बीमा सेवालाई अझै सरल, प्रविधिमैत्री बनाइने नेको इन्स्योरेन्स कम्पनीका कानुन विभाग प्रमुख विष्णु धितालले जानकारी दिए ।

सुरुमा प्रमोटर शेयरलगानीकर्ताको तीन करोडबाट सुरु भएको कम्पनी अहिले एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ छ । २०५१ सालमा कम्पनी दर्ता गरी दुई वर्ष बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक तथा व्यवसायी समुहको लगानी छ ।

नेपाली बीमा क्षेत्रमा अब्बल बीमा कम्पनीको पहिचान बनाउन सफल नेको इन्स्योरेन्स चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कूल बीमा शुल्क आम्दानीका आधारमा दोस्रो स्थानमा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*