हकप्रद शेयर निष्काशनको लागि एचआईडीसीएलले तोक्यो बुक क्लोज मिति

१७ जेष्ठ २०७८, सोमबार १३:०९

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्कासनको लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले एक सूचना जारी गराउँदै जानकारी गराएको छ ।

कम्पनीले आइतबार १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा धितोपत्र बोर्डबाट जेठ ९ गते ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाइसकेको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

कम्पनीले प्रकाशन गरेको सूचना ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*