नेप्से ४५ अंकले घट्यो, १३ अर्ब माथिको कारोबार

१७ जेष्ठ २०७८, सोमबार १५:२५

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ४५ दशमलव २५ अंकले घटेको छ । आज नेप्से सो अंकले घटेर २७८२.६८ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा नेप्से ठूलो अंकले गिरावट आएको हो ।

आज सोमबार २१८ कम्पनिले ३ करोड १ लाख ३ हजार ३२६ कित्ता शेयर किनबेच गर्दा १३ अर्ब ५७ करोड ३७ लाख २२ हजार ६२० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज म्युचुल फण्ड समूह बाहेकका सबै समूह आज राताम्य भएका छन् । म्युचुअल फण्ड समूहमा आज ०.०४ अंकले बढेर हरियाली कायम भएको छ ।

त्यस्तै आज १२ समूह भने राताम्य भएका छन् । सबैभन्दा सर्वाधिक निर्जीवन बीमा समूहमा ३८०.८८ अंकले गिरावट आएको छ । त्यसलगत्तै बैकिङ समूहमा १९.०२ अंक, व्यापार समूहमा १६८.०९ अंक, होटल तथा पर्यटन समूहमा ०.८१ अंक, विकास बैंक समूहमा ५६.९७ अंक, जलविद्युत् समूहमा १२९.९३ अंक, वित्त समूहमा १२.८१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०३.२१ अंक, अन्य समूहमा ५२.५३ अंक, लघुवित्त समूहमा ९.९९ अंक, जीवन बीमा समूहमा ३५६.९ अंक र लगानी समूहमा ०.९८ अंकले गिरावट आई राताम्यमा परिणत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*